देशको हरेको अवस्था अस्तव्यस्त भएको अवस्थामा आर्थिक अवस्था हेर्ने हो भने त झन् दयनीय नै छ । रोजगारीका अवसरहरू सोचे जस्तो छैनन् भने लगानी, आर्थिक कारोबार, जस्ता विभिन्न आर्थिक सूचकहरू संकुचन रहेको देखिन्छ । हाम्रो देशमा विप्रेषण बढेको छ र हाम्री र हाम्रो देश त्यसैमा गर्व गर्दै बसेका छौं । बिप्रेषणको रकम लगानी गर्न सकेको अवस्थामा देशमा आर्थिक परिसूचक लाई सकारात्मक दिशा तर्फ डोराउने सहज हुने थियो तर हाम्रो देशमा विप्रेषणको अधिक रकम उपभोग्य बस्तु तथा सेवामा खर्च हुने गरेको छ जसले नेपालीको जीवन शैलीलाई त परिवर्तन गरेको नै छ तर त्यस जिवन शैली लाई निरन्तरता दिन कठिन हुने देखिन्छ ।
हाम्रा नेपाली दाजुभाइ विभिन्न मुलुकमा रोजगारी तथा अध्ययनको लागी गएका छन् ति सबैको प्रमुख ध्येय नै पैसा कमाउने नै हो र जिवन यापन लाई सहज बनाउने भन्ने हुन्छ, कसैले नेपालमा गएर सहज बनाउने भन्ने हुन्छ भने कसैको विदेशी भूमिमै कमाउने रमाउने भन्ने हुन्छ यसरी विदेशी भुमरीमै रमाउनको लागी नेपाल दोस्रो दर्जाको देश बन्न जान्छ ।
सोही सम्बन्धमा नेपालको वास्तविक स्थिति यस्तो
हुँदै गएको छ ।
• नेपालको कुल जनसंख्या करिब २.९० करोड
रहेको ।
• कुल श्रमिक ६२ % अर्थात १.८० करोड,
• बेरोजगारी दर ११.४ %
• खाडी मुलुकमा नेपाली कामदार करिब ४४
लाख,
• बिकसित मुलुकमा नेपाली श्रमिक करिब २०
लाख
• भारतमा नेपाली श्रमिक २०-३० लाख सम्म
• प्रत्येक दिन १५०० नेपाली श्रमिक कामको
खोजिमा बिदेश जान्छ जस मध्ये ५०/५० % खाडी र बिकसित मुलुक जान्छ अब यसरी हेर्दा ७५०
जान खाडी मुलुक र ७५० जना बिकसित मुलुक जान्छ ।
• त्यस मध्ये खाडी मुलुकमा गएका ७५०
जनाले नेपालमा रेमिटेन्स पठाउछन् र देशको आर्थिक अवस्थामा चलाए बनाउदा छन्,लगानी, रोजगारी,
उत्पादन हुदै आय आर्जन वृद्धि हुन्छ तर बिकसित मुलुकमा गएका दैनिक ८०
% अर्थात ६०० न नेपालमा रेमिटेन्स पठाउछन् न फेरी उनीहरु नेपाल नै फर्किन्छन् ।
अब अन्य कुरा लाई यथावत मान्दा, नेपालको जनसंख्या नेपाली सम्पुर्ण स्रोत तथा साधनको पुर्ण उपयोग हुनको लागि अपुग छ जनसंख्याको अपुग भएको अवस्थामा के हुन्छ भन्ने बारे जनसंख्याको आदर्श सिद्धान्तले पुरा बताउदछ । त्यस्तै नेपालको जन्मदर प्रत्येक गणनामा घट्दै गएको छ । यसरी ६०० जना नेपाली कामदार प्रत्येक दिन विदेशिएका छन् जसको कारण नेपालमा दक्ष कामदारको अभाव भई नेपालको आर्थिक बिकास झन्झन पछाडी पर्दा जाने देखिन्छ ।
त्यसैले नेपाल सरकारले नीतिगत, संरचनागत तथा कार्यात्मक पक्षको सुधार गरी बिदेशबाट प्राप्त परिप्रेषणलाई एक अस्थायी पुँजीको रुपमा प्रयोग गरी लगानी रोजगारी हुदै समग्र देशको आय आर्जन गर्ने क्षमतामा सुधार गदै देशलाई एक अब्बल राष्ट्र निर्माण गर्नु आवश्यकता देखिन्छ । हालको दिनमा भैरहेको रहेको बिकसित देशमा जाने ठुलो जनशक्ति लाई रोक्नको लागि कठोर नीति लिनु पर्ने र अन्य देशमा जाने श्रम शक्तिलाई बिस्तारै नेपाल मै केही काम गर्ने वातावरण निर्माण गर्नु पर्ने देखिन्छ किनकी देश बिकास गर्न अन्य साधन भन्दा श्रम शक्ति पृथक छ यो साधन मात्र नभई साध्य पनि हो यस शक्तिले अन्य साधनलाई चलायमान बनाउन सहयोग गर्दछ । श्रम शक्ति संवेदनशिल मुटु हो सिर्जनात्मक र रचनात्मक आखाँ हो र संघर्षशिल हातहरूको प्रतिक मानिन्छ त्यसैले श्रम शक्तिलाई बिदेशी पलायनबाट रोकौँ स्वदेशमै रोजगारी प्रदान गरौ देशको GDP को आकार ठुलो बनाउदै आर्थिक वृद्धिको साथ साथै आर्थिक बिकास समेत प्राप्त गरौ ।
सुनिल घिमिरे
नेपाल बैक लिमिटेड
