सुन्दर शान्त देश भन्दै अशान्तिको काम गर्छौ ।
देश बिग्रियो भन्दै बिदेश तिर जाम भन्छौ ।
गरे देशमा के नै नहोला र
सुखी खुसी भन्दै सुत्दा उठ्दा दाम भन्छौ ।।
सुन्दर शान्त देश भित्र अशान्तिको काम
गर्छौ
बाबु छोरा नाति बाजे छोरा आमा काट्
मारको जुहारीमा
युद्ध जिते जस्तै गरी महान बन्छौ ।
देश भित्रको अपराधमा आफु आफै अन्जान
बन्छौ ।
सुन्दर शान्त देश भित्र अशान्तिको काम गर्छौ
अरु सामु भाषण भित्र देश बनाउने कुरा
गर्छौ
दिन भित्रकै रातमा भष्ट्रचारको जात्रा गर्छौ
खुवाउँदै धुलो आफु भने हेली भित्र यात्रा गर्छौ ।
सुखी खुसी भन्दा भन्दै सुत्दा उठ्दा दाम भन्छौ ।।
देश बिग्रियो भन्दै बिदेश तिर जाम भन्छौ ।
सुनिल घिमिरे
मदाने गाउँपालिका ७ गुल्मी
