आज
बिहान बजार जानको लागी घरबाट हिँडेको थिए बाटोमा मलाई पढाउनु भएको एक जना सर भेटिनु
भो सेतो पिलेटको रातो अक्षरले लेखेको गाडीमा आउनु भएको रहेछ अनि मलाई गाडीमा चढ्न
अनुरोध गर्नु भो सँगै बस्न भनुँ भएको थियो तर आफ्नो गुरु सँग एउटै सिटमा बस्न अलि
अपमान हुने जस्तो लाग्यो र म सर भन्दा पछिल्लो सिटमा बसे त्यो सर/गुरु माध्यामिक
तहको तृतीय तहको शिक्षक हुनु हुँदो रहेछ सरकारले अधिकृत सरहको शिक्षक भएकोले उहाँ
लाई गाडी मात्र दिएको रहेछ । सर सँग कुरा गर्दै गए माध्यामिक तहको प्रथम, द्वितीय तहको सरहरू लाई त सरकारी गाडीको साथै ड्राइभर सहित, अन्य शिक्षकलाई मोटरसाइकल दिएको रहेछ गुरुले भने पछि मात्र
मलाई थाहा भयो । करिब ३० मिनेटको बाटो गुरुको गाडीमा हिँडेर बजार आयो म त्यही
बजारमा झरे अनि गुरु आफ्नो त्यो सरकारी गाडीमा जानु भयो ।
बजारमा काम गर्दै जाँदा मूल बजारको बीचमा एउटा
सालिक रहेछ मलाइ त्यो कसको सालिक होला भनेर जान्न मन लाग्यो अनि निजको एक जना पसले
दाइलाई सोधे वहाँले बताए अनुसार नियमित ३५
वर्ष शिक्षक पेशामा लाग्नु भएको एक जना शिक्षकको मृत्यु पश्चात्
सम्झनामा सरकारले वहाँको सालिक बनाई दिइएको रहेछ ।
बजारको
काम सकेर गाउँपालिकाको अफिस गए त्यो भवन नयाँ रहेछ भर्खर मात्र उद्घाटन भएको रहेछ
त्यहाँ शिलामा केही लेखिएको थियो त्यो जान्न मन लाग्यो र पढ्दै गर्दा शिक्षक मदन, प्रेम, मनोज बाट शिक्षा पाई हालै
मात्र मन्त्रि हुनु भएका श्री सुर्य रानाबाट ....मिति र समयमा उद्घाटन भएको भनि
लेखिएको रहेछ ।
काम
सकेर घर फर्किन को लागी एक सार्वजनिक यातायातमा चढेको त्यो बसमा गुरु आरक्षण भनि
लेखिएको २ वटा सिट देखे शिक्षकको सम्मान स्वरूप २ वटा सिटको व्यवस्था
गरेको रहेछ अचम्म त के थियो भने त्यो गाडी पुरै भरिभराउ हुँदा सम्म पनि त्यो सिट
खाली थियो सायद त्यो गुरुको सिटमा बस्ने आट कसैको नभएर नै होला ।
अर्को दिन काम विशेषले भैरहवाबाट काठमाडौं
जानको लागी एयर पोर्ट जाँदा शिक्षक विशिष्ट कक्ष भनि लेखिएको एक कक्ष रहेछ त्यस
कक्षमा ३० वर्ष भन्दा माथि शिक्षण सेवा गर्नु भएका शिक्षक मात्र बस्न पाउनु हुने
रहेछ । जहाज मौसमको कारणले ढिलो भएको कारण करिब १ घण्टा बस्नु पर्ने भएकोले म कफी
खाए अनि पैसा तिर्ने बेला मेरो गोजीबाट मेरो
कार्ड भुइमा खस्यो कफी पसले दाईले मलाई के त्यो कार्ड
शिक्षकको होर सर भन्नु भो किन भनि मैले सोधेको शिक्षक कार्ड भए १० % छुट
छ त्यही भएर सोधेको सर भन्नु भो तर म शिक्षक थिएन त्यो छुट पाइन अनि मैले सोधे यो
सरकारले छुट दिने भनि बनाएको नियम हो दाई भन्दा होइन कहाँ हुनु यो त हामी कफी सप्प नेपालले गुरुको लागी विशेष छुटको व्यवस्था गरेको हो भाई भन्नु भो अनि मलाई जान मन
लाग्यो र त्यो दाई सँग सोधे अरु के के
सुबिधा रहेछ हाम्रो नेपालमा शिक्षकहरू लाई ? धेरै त थाहा छैन मलाई शिक्षक काम विशेषले काठमाडौं जानु
पर्ने भएमा ५० जना सम्म बस्न मिल्ने एउटा सरकारी निवास बनाई दिएको छ रे त्यति
मात्र नभएर अन्य
सरकारी कर्मचारी भन्दा ५% तलब सुबिधा बढी, सार्वजनिक सेवा प्रवाहमा शिक्षकलाई छुट्टै लाइनको व्यवस्था
जस्ता धेरै सुविधा छन् भाई भन्नु भो खै
कुन समयमा हो तिथि मिति त थाहा भएन करिव ८० बर्ष पहिले कुन प्रधानमन्त्रीले देशको
आर्थिक सामाजिक बिकास, सामाजिक
न्याय,
भष्ट्राचार नियन्त्रण, असल चरित्र बिकास गर्नको लागी शिक्षकबाट राम्रो शिक्षा
प्राप्त होस् भनि शिक्षकको मनोवल बढाउन
यस्तो व्यवस्था गरेको रहेछ अनि मेरो १ घण्टाको बसाई सकियो मेरो उडानको समय भयो
म काठमाण्डौ तिर लागे ।
त्यतिकै मा मेरो पहिलो शिक्षक/गुरु मेरी आमाको
फोन आयो अनि म उठ्ने समय भएर रहेछ । अनि त्यो त सबै सपना पो रहेछ धेरै बेर सम्म मेरो मनमा कुरा
खेलिरहे के मैले आज देखेको सपना सम्भव छैन त ? सरकारले साचीकै चाहेमा त्यो के संभव छैन त ?
देशमा
खराब र कमजोर बनाउन अरु केही गर्नु पर्दै केबल खराब शिक्षा दिए मात्र हुन्छ ।
शिक्षामा भएको खर्च खर्च नभई योजना सहितको लगानी हो जसले ढिलो चाडो अवश्य प्रतिफल
दिन्छ त्यसैले हाल भइ रहेको शिक्षकको माग तथा अन्य सुधार गर्नु पर्ने बिषयमा गहन
छलफल गरी सुधारको आवश्यकता छ किनकी असल शिक्षाले हजारौ बर्ष सम्म असल तवरले काम
गर्छ ।
सुनिल
घिमिरे
नेपाल
बैक लिमिटेड
