छोरी

 


 छोरी... एउटा शब्द मात्र होइन, भावनाको गहिरो समुद्र हो ।
कहिलेकाहीँ लाग्छ, मेरी छोरी मेरो आमाको स्वरुप हुन् — जसरी आमाले ममाथि माया भराउनु भयो, श्रीमतीले प्रेमको त्यो भण्डार दिईन ,त्यसरी नै छोरीले पनि मेरो जीवनमा उज्यालो भरिन्। कहिले दिदि,भान्जी,भाउजु र सबै नारीको समझदारी, हेरचाह,मिठास,चञ्चलता र साथीको साथ पनि छोरीमै पाइन्छ । छोरी बहुरूपी हुन्छिन्, तर हरेक रुप जीवनका लागि अनमोल हुन्छ।

बिगतमा हरेक दिन बाटोमा हिड्दा होस् वा बजार, मेलामा जादा होस् सबै सानो छोरी लाई भावनात्मक रुपमा छोरी बनाए आज आफ्नै छोरी पाए ।

म जब जीवन बुझ्न थालेँ, त्यही दिनदेखि बुझ्न थालेँ — छोरी हुनुको महत्त्व ।
बुझ्न थालेँ, मलाई पनि छोरी चाहिन्छ, जसले मेरो अधुरो संसार पूरा बनाओस्।
त्यही चाहनाले जन्म दियो एउटी छोरीप्रतिको असीम माया। जब मेरी छोरी मेरो जीवनमा आइन्, तब लाग्यो — यही हो मेरो प्रेरणा, यही हो मेरो सहारा।

छोरी हुनु केवल परिवारको सदस्य हुनु होइन, उनी त सारा जीवनको प्रकाश हुन्।
सानो उमेरदेखि नै उनीमा देखिने समझदारी, मायालु मन, अनि जिम्मेवारीले चकित बनाउँछ मलाई । उनका हरेक पाइलामा म आफ्नो भविष्य देख्छु, हरेक हाँसोमा आफ्नो खुसी।

छोरी हुनु गर्वको कुरा हो, अभिमानको कुरा हो।
आज म सबैलाई गर्वका साथ भन्छु — मेरी छोरी मेरी पहिचान हुन्।
उनको उपस्थितिले मेरो जीवनमा रङ भरेको छ, आशा जगाएको छ र मलाई एउटा राम्रो मान्छे बन्ने प्रेरणा दिएको छ।

मेरो लेखन, मेरो सोच, मेरो संसार — सब उनीकै आसपास घुम्छ।
जीवनमा धेरै सम्बन्ध हुन्छन्, तर छोरीसँगको सम्बन्ध अमिट हुन्छ — न त समयले कम गर्न सक्छ, न त परिस्थितिले टुटाउन सक्छ।

अन्ततः, मेरी छोरी केवल मेरी सन्तान होइनन् — उनी मेरो खुसीको आधार, मेरो भविष्यको भर, र मेरो आत्माको शान्ति हुन्।
मेरो जीवनमा छोरी छिन्, त्यसैले म पुरा छु ।

प्रिय बुबाआमा

मदाने ७ गुल्मी


Post a Comment

Previous Post Next Post