यसपालिको तिजमा छमछमी नाँच दिदि ।हासी खुसी सधै रमाई रमाई बाँच दिदि ।बारुले त्यो कम्मर मर्काएर भाँच दिदि ।जिन्दगीको के भरोषा भोलिको त टुंगै छैनझर्याम झुरुम भएर त्यो फुटिजाने काँच दिदि ।कहिलेनी ओईलीदैन सम्झनाको मिठो मालालत्याएर नफाल्नु है माया प्रिती साँच दिदि ।रात पछी दिन आउँछ, घाम पछी छाँया जस्तैदु:ख पछी सु:ख आउँछ नपत्याए जाँच दिदि ।जिन्दगी सारै खुसी छ हेर्नलाई एक पटक हास दिदिहाम्रो लागी सधै भरी हासिखुसी बाँच दिदि ।रङ्गी चङ्गी पोशाकमा सजिएर मनाउ तिज