व्यक्तिवादको भुमरीबाट
सामूहिक प्रगतितर्फ
मानिस, जीवजन्तु र प्रकृतिका अधिकांश रूपहरू एकल रूपमा जन्मिन्छन् र एकल रूपमा नै
मृत्युमा प्रवेश गर्छन् । तर मानिसका कुरा फरक हुन्छन् मानिसको जन्म एकल भए पनि
उसको जीवनको यात्रा, सोच, व्यवहार र
कर्मले व्यापक सामाजिक प्रभाव पारिरहन्छ । सोच नै मानिसको जीवनदिशा हो, जसले सफलताको शिखर वा असफलताको गर्त दुवै तर्फ धकेल्न सक्छ।
आजको युगमा मानव
व्यवहारको केन्द्रमा ‘विचार’ नै मुख्य आधार बनेको छ। मनमा बसेको विचार यदि २१
दिनसम्म निरन्तर दोहोरिन्छ भने त्यो बिस्तारै व्यवहार बन्न थाल्छ यसलाई
मनोविज्ञानले पनि पुष्टि गर्दछ। तर विचार सधैँ स्थायी हुँदैन; कालखण्ड र परिस्थितिले केही विचारलाई गलत प्रमाणित गर्छन् भने केहीलाई सही
र उपयोगी।
सामान्य उदाहरण नै
पर्याप्त छ—दुई वर्षअघि सामाजिक सञ्जालमा लेखिएको आफ्नै पोस्ट आज रिमाइन्डरमा
देखिँदा हामी आफैंलाई कति परिवर्तन भइसकेछौं भन्ने अनुभूति हुन्छ। बिहानको सोच
साँझसम्म उस्तै रहँदैन। समयले सबैलाई परिक्षण गर्छ र व्यक्ति–केन्द्रित सोच प्रायः
समयको परिक्षणमा टिक्न सक्दैन।
व्यक्तिवादी
सोच: समाज र राष्ट्रको अवरोध
जब व्यक्ति आफ्नो ‘म’
केन्द्रित विचारमा सीमित हुन्छ, त्यसले उसको परिवार,
संस्था, समाज र राष्ट्रलाई नै असर पार्छ।
हामीले धेरैपटक देखेका छौं जब नेता स्वार्थ र समूहवादमा फस्छन्,
राष्ट्र स्थिर रहन्छ जब कार्यालयका प्रमुखहरू व्यक्तिवादी ढंगले
निर्णय गर्छन्, संस्थागत लक्ष्य कमजोर पर्छ जब परिवारमा पनि
अत्यधिक व्यक्तिवाद हावी हुन्छ, सुख–शान्ति बिथोलिन्छ ।
व्यक्ति केन्द्रित भएर चलाएको कार्यालयले
उत्कृष्ट सफलता ल्यायो भन्ने सुनिनु दुर्लभ छ। त्यस्तै, व्यक्तिवादी नेतृत्वले देशलाई दिगो विकासको बाटोमा पुर्यायो भन्ने इतिहास
पनि छैन ।
किनकि व्यक्तिवादी सोच क्यालेन्डरसँगै पुरानो हुन्छ, समयसँगै क्षय हुन्छ र अन्ततः भुमरी झैँ सबैलाई तानिरहन्छ।
विचारको
रूपान्तरण–दृष्टिकोणको क्रान्ति
मानिस जन्मिएपछि समाजले शिक्षा, परिवेश र अनुभवमार्फत उसको सोचलाई निर्माण र परिमार्जन गर्छ। तर अहिलेको
जटिल र डिजिटल संसारमा ‘I am always right’ र ‘My way
is the highway’ जस्ता विचारहरू आफ्नै अस्तित्व गुमाउँदै छन् ।
निरंकुश शासनको पतन पनि यिनै सोचहरूको ऐतिहासिक असफलता हो समयले
स्वीकार नगर्ने विचारहरू टिक्दैनन् । आजको संसारलाई व्यक्तिवाद होइन,
विचारवाद चाहिएको छ । मस्तिष्कको स्तर
यहीँबाट छुट्टिन्छ ।
प्रसिद्ध भनाइ छः
Great minds discuss ideas, average minds discuss events, small minds discuss
people.
विचारको उचाइले नै व्यक्तिको उचाइ निर्धारण गर्छ।
समाज
परिवर्तनका लागि सामूहिक चिन्तन आवश्यक
साथीभाइसँग सामान्य भेटघाटदेखि कार्यस्थलको
निर्णय प्रक्रिया, पारिवारिक सल्लाह, सामुदायिक छलफल सबै ठाँउमा व्यक्तिवादभन्दा माथि उठ्नैपर्छ।
सफलता कहिल्यै ‘म’ बाट शुरु हुँदैन; सफलता
‘हामी’ बाट जन्मिन्छ ।
यदि परिवार, समाज र
राष्ट्रलाई प्रगतिशील दिशामा लैजानु छ भने
• व्यक्तिवादी सोचको अन्त्य
• तथ्य, विचार र आइडियामा आधारित छलफल
• सामूहिक भावना
• संस्थागत दृष्टि
यी चार स्तम्भहरू अपरिहार्य छन्।
सोच बदलौँ, जीवन
बदलौँ, समाज बदलौँ
आजको आवश्यकता स्पष्ट छ
व्यक्तिको विजय होइन, विचारको विजय।
व्यक्तिगत महत्त्वाकांक्षा होइन, सामूहिक
चेतनाको प्रगति।
हामीले आफ्नै दैनन्दिन व्यवहार, छलफल, निर्णय र नेतृत्व शैलीमा सुधार ल्याउनैपर्छ।
किनकि सोच बदलिँदा जीवन बदलिन्छ, जीवन बदलिँदा
समाज बदलिन्छ, र अन्ततः राष्ट्र रूपान्तरण हुन्छ ।
सुनिल घिमिरे
मदाने ७ गुल्मी
