प्रिय पार्टी ,
यस्तो दिन आउने कुरा
तिम्रो बिधान मा त के मेरो मनमा समेत थिएन नि, प्रिय पार्टी
तिमी बिग्रिएर त म नयाँ
मोडमा लागेँ
माया नलागेर कहाँ होर ! सबै
के बिग्रिनु भनेर म यता लागे प्रिय पार्टी ।
विश्वास तिमीलाई नगरेको
कहाँ हो र
तिमी मेरो विश्वासलाई बुझ्न सकेनौ कि अन्दाज गर्यौ
प्रिय पार्टी
आगोमा जल्न र जलाउन मन
त कहाँ थियो र
मन त आमाको काख रित्तो बनाउन पनि त थिएन होला नि
प्रिय पार्टी ।
तिमीलाई पद र प्रतिष्ठा
ठूलो भो हामीलाई देशको प्रेम ठूलो भयो ।
त्यसैले त यस्तो अवस्था आयो नि प्रिय पार्टी
हामी तिमीलाई के नै
भनेका थियौ र
व्यक्ति होइन देश बनाऊ
मन होइन मनहरु बनाऊने भनेका थियौ नि प्रिय पार्टी
तिमि त देश बनाउने भन्दै पैसा
बनाउने तिर लाग्यौ नि प्रिय पार्टी
हामी तिमी बिना कहाँ बाँच्न सक्छौं भनेका छौं र
तिमी पो हामी बिना बाँच्न सक्ने भएछौ र त
हामीलाई छोड्यौ नि प्रिय पार्टी
हामी त तिम्रो जुत्ता फाटुन्जेल
कपाल फुलुन्जेल टालिटाली साथ दिएकै हो नि
तिमी हामीलाई बीचबाटैमा छोडेर अन्त लाग्यौ अनि
यस्तो भयो नि प्रिय पार्टी
तिम्रै सल्लाहकार त
थिएनौँ हामी तर पटकपटक सल्लाह नदिएको कहाँ हो र
तिमीलाई हाम्रो सल्लाह मन परेन्न होला है ? प्रिय
पार्टी
देशको सम्पतिमा जलेको
कसलाई मन परेको छ र
तिमिले रहेछ नि तेही सम्पति भित्र
भित्रै खरानि बनाएको, प्रिय पार्टी
तिमी पार्टी सुधार्दै
गर म देश सुधार्दै गर्छु
यदि लक्ष्य एउटै भयो
भने तिमी सुध्रियौ भने हाम्रो मिलन भइहाल्छ नि प्रिय पार्टी
तिमी सुध्रियौ वा नसुध्रियौ म अवश्य सुध्रिन्छु
तिमि जता जाउँ तर म सधै मेरो
आमाको साथमा रहन्छु, प्रिय पार्टी
जय नेपाल जय देश जय मातृभुमि
सुनिल घिमिरे