देश देखि घर सञ्चालनमा सामाजिक सञ्जाल



देख्दा  सुन्दा अच्मम लाग्न सक्छ तर वास्तविक कुरा थाहाँ पाउन एक पटक बुझ्नै पर्ने हुन्छ  नेपालमा सरकार देखि नेपालीको घर सम्म सामाजिक सञ्जाल बाटै सञ्चालन हुने गरेको   

सरकारले गर्ने निर्णय सामाजिक सञ्जालमा आएका प्रतिक्रिया बाटै हुन्छ भने त्यस निर्णयको स्थगन सोही सामाजिक सञ्जालको  तथ्यहिन विरोधात्मक प्रतिक्रियाबाट हुने गर्दछ त्यस्ता उदाहरण त अनेक छन् , एक उदाहरण हो हप्तामा दुई दिन बिदा दिने निर्णय र सो निर्यणको  स्थगन सामाजिक सञ्जालको प्रतिक्रियाबाट अब हप्तामा २ दिन बिदा दिने हो भने नेपालमा प्रशासनिक खर्चमा मितव्यायिता देखि सुशासन तथा कार्य सञ्चालनमा प्रभावकारीता प्राप्त गर्न सकिन्छ र जन चाहाना अनुसारको सार्वजनिक सेवा प्रवाह गर्न सहज हुने विश्वास प्रकट गरिएका प्रतिक्रयाबाट सो बिदा दिने निर्णय भयो र सो निर्णयको प्रभाकारिता तथा  दिगो नतिजा प्राप्त हुन नपाउदै सोही तथ्यहिन प्रतिक्रयाको आधारमा सरकारले सो निर्णयको स्थगन गर्यो तर जानकार भन्छन तथ्य बोल्छ सो निणर्यको सकरात्मक प्रभावका केही लक्षण  देखिन थालेका थिए ।

नेपालमा हुने हरेक भष्ट्राचारका घटना सरकारलाई सामाजिक सञ्जालबाट नै थाहा हुन्छ र ति घटनाको प्रारम्भिक अनुसान्धान हुन न पाउदै सरकार त्यस्ता घटनाको सामसुम बनाउनको लागी सामाजिक सञ्जालमा विविध बाटोको खोजि गर्न थाल्दछ  र २/४ दिन पछी  अर्को घटना बजारमा निस्किन्छ र  त्यो पुरानो घटना हराएर जान्छ र हामी नेपाली सोही  तालमा ताल मिलाएर बिरोध गर्छौ र बिर्सन्छौ पनि । हाम्रा राज्य सञ्चालनका मुख्य पात्रहरु हामीलाई झुलाउन र झुक्याउन प्रमुख अस्त्रको रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दछन् MCC मा पनि त्यस्तै भएको हो तपाईले मेसो पाउनु भएकै होला यि त केही उदाहरण हुन । हाम्रो देशमा अर्ध ज्ञान हुने जनमत अत्यादिक छ हामि  पुर्ण ज्ञान प्रात गर्न, खोज अनुसन्धान गर्न त के अरुले लेखेको तथ्यमा आधारित पुर्ण लेख पुस्तक अध्यायन नगरि आफ्नो प्रतिक्रया दिन आत्तुर हुन्छौ

त्यस्तै तपाईको मन सञ्चालनमा समेत यो सामाजिक सञ्जालबाट अछुतो रहन सकेन सामाजिक सञ्जालमा आउने स-साना कुरा देखि ठुला कुरा समेत यसै बाट पहिचान देखि प्राप्ति सम्म यसैबाट निर्धारण हुने गर्दछ । तपाई गर्ने काम तथा सोच्ने विचार मध्ये ठुलो अंश यहि सञ्जालको बिषयबस्तु सम्बन्धित हुने गर्दछन् तपाईले एक पटक सोच्नोस् त दिनमा तपाई र तपाईको  मन कति समय सामाजिक सञ्जालबाट बाहिर रहन सक्छ तपाई लाई पनि तनाव चिन्ता छ होला है  त्यसको मुख्य स्रोत नै सामाजिक सञ्जाल नै हो  ३०  दिन लाई यो सञ्जाल छोडेर  तथ्य पुरक समाचारका लागी रेडियो मात्र सुनियो भने केही कम हुन्छ होला नि ?

आज हरेक दिन बिहानि समयको केही समय त तपाईको  १०/१२ जना लाई Happy Birthday तथा Anniversary मा wish गर्दै  जान्छ wish गर्नु हुन्छ तेतिमा सिमित हुदैन तपाई को कति ले के के प्रतिक्रया दिए भन्दै हेर्न भ्याई नभ्याई  हुन्छ तेति बेलासम्म तपाई कस्तो Wish गर्नु भयो भन्ने नि बिर्सि सकेको हुनु हुन्छ । तपाई सामाजिक सञ्जालमा मनको बेदान पोख्नु हुन्छ सबैले हस्तेमा हैसे गर्दै प्रतिक्रया दिन्छ  तर तपाईलाई याद हुदैन तपाईले राखेको त्यो बेदनाको फाईदा उठाउदै २/४ दिनमा तपाईलाई लात हान्न तयार हुन्छ । के तपाईलाई  याद छ हामी कसैलाई कसैको तारिफ गर्ने समय छ ? पक्कै पनि छैन भए पनि तारिफ पाउनको लागी  बिशेष काम गर्नु  पर्छ  त्यस्तै हाम्रो बारे नकारात्मक कुरा गर्न पनि कसै लाई फुर्सद हुदैन किनकी हामी सामाजिक साञ्जालमा व्यस्त छौ र सोही मा हामी अचम्मित हुन्छौ हस्ते हैसे मिलाउछौ प्रतिक्रया दिन्छौ किनकि हामी लाइ वास्तविकता भन्दा पनि सम्बन्ध जोगाउनु छ ।

त्यतै तपाईको घरमा मा के खाना खाजा पाक्छ भन्नेको कुरा तपाईको श्रीमतीको साथी घरको खाना र खाजा बाट निर्धारण हुने गर्दछ  तपाईको कपडा देखी अन्य घर सञ्चालनको सामाग्री यही सामाजिक सञ्जालबाटै थाहा हुन्छ न कि तपाईको आर्थिक तथा सामाजिक अवस्थाको कतै ख्याल समेत हुन सक्दैन र हुदैन पनि । छोरा/छोरी ले SEE पछी के पढ्ने कहाँ पढ्ने कहाँ पढ्ने साथीको सामाजिक सञ्जालको पेज बाटै निर्धारण हुने गर्दछ किनकी यहाँ वास्तविकता भन्दा पनि औंकत को बिषय पनि छनित ।

सामाजिल सञ्जाल ज्ञानको भण्डार हो  जीवन जिउने अचुक अस्त्र हो यसका कैयौ फाईदा छन जति बेला सम्म हामी यसको सही तवरले सदुपयोग गर्दछौ तर हामी यसको वाहावमा बगि रहने हो भने हामी एक दिन खोलाको बगरमा अवस्य पनि घाम तापिरहने छौ समयै सचेत हौ कसैको Emotional blackmail  हो  वा होईन भन्ने कुराको खोज गरौ तथ्यहिन विचार लाई त्यागौ प्रतिक्रिय दिदा तथ्यपुरक प्रतिक्रया दियौ, नकरात्मक विचार त्यागौ सकारात्मक बिचारको पछी हिडौ ।

Post a Comment

Previous Post Next Post

प्रिय पार्टी