देश
भष्ट्रचारीको भुमरीको चक्रमा घुमिरहेको छ ।
नेपाल र नेपालीको मात्र नभई
नेपालको यो बिषय बिश्व जगत लागी चासोको
बिषय साथै घिणृत द्धिष्ट्कोणले हेरीएको छ
।
नेपालमा
भएका यस्ता सयौ भष्ट्रचारका काण्ड छन जसले
नेपालीको आखामा कालो माक्स र भष्ट्रचार गर्नेलाई पार्दशिता सहितको कालो
माक्स लगाएर हिड्नु पर्ने अवस्था बनाएको छ भष्ट्रचार गर्नेको लागी त २/४ करोड आउने
भो त्यसको अनुसन्धान भएमा गर्ने २/४ बर्ष कोच नभए मोज , जसको बास्तविक असर नेपालि
आमाका हरेक सन्तान लाई परेको छ यस्ता
काण्ड गर्दा नेपालिलाई नेपालीको ईज्जतको खोल आडेर हिड्न समेत लाज लागि रहेको छ ।
नेपाल
मा भएका बहु चर्चित काण्ड जस्तै भुटानी शरणर्थी, वाईडबोडी, क्यानटेमेन्ट काण्ड,
सुन काण्ड आदी त भष्ट्रचारका देखाउने दातँमात्र हुन अरु असलि भष्ट्रचारका दातँ
मुखबाट निकालेर गोजीमा राखिएको छ । यस्ता
काण्डको अनुसन्धान होला र दोषि पक्राउ पर्ला भन्ने त बिहे अगि आकाशका तारा
झारिदिने कुरा जस्तै न हो तर आश न मारौ ।
बा म भष्ट्रचारी हो अच्चम लाग्न सक्छ तर म
भष्ट्रचारी नै हो बा कोठा भाडा लिएर पढ्न बस्दा १५०० को भाडालाई २००० भन्ने
५० रुपैया पर्ने चिनि लाई ६० भन्ने, सामान
किन्न दिएको पैसा भुलबस नभई जानि जानी फिर्ता नगर्ने म भष्ट्रचारी हो बा,
आज
ठुला काण्ड बाहिर आउदा ठुलो स्वरमा गाली बर्षाउने ति व्यापारी पनि भष्ट्रचारी हुन २००० को सामान लाई ४००० भन्ने ति भष्ट्रचारी हरेक तह तहमा भष्ट्रचारको
लागी ब्रागेनिङ गर्छन १००/२०० रुपैया कमाउनको लागी हदै सम्मको नैतिकता तथा झुट्टको
खति गर्ने सवै व्यापारी नैतिकताको भष्ट्रचारी हुन बा ।
सधै
पैसाको लागी मरिह्ते गर्ने माथिल्लो तहका
कर्मचारी त भष्ट्रचारी हुन नै जनताको काम समयमै नगर्ने, झुल्याउने, खाजा खाने ४५
मिनेको समयमा ५० मिनेट बिताउने , १० बजे हाजिर गर्नु पर्नेमा १०:१० मात्र हाजिर गर्न पुग्ने सवै कर्मचारी योग्यताका भष्ट्रचारी हुन बा,
छोराको
बिहे, बर्तन्धमा स्कुल नै बन्द गर्ने, बाटो बन्द नभई बाटो बन्द छ नदि ठुलो आयो आज
स्कुल आउन सकिन भन्ने शिक्षक बिधार्थीको भबिष्य माथिका भष्ट्रचारी हुन बा ,
१५
मिनेटमा भेट्न आउछु भनि ३० मिनेट सम्म पनि नआउने सवै प्रेम/प्रेमिका समयका भष्ट्रचारी
हुन बा,
साझमा खसिको मासु खाउला भनि पढ्न, काम गर्न लाई
उत्प्रेरित गराउने तर साझ घिराउलाको तरकारी पकाउने आमा पनि आश्वसनकी भष्ट्रचारी
हुन, बा को लुगा धुदा कोटको गोजीमा भेटिएको
पैसा सुटुक लुकाउने आमा पनि भष्ट्रचारी हुन बा ।
गाडीमा
राम्रो सिट छ आउनुस भन्ने तर बिच गल्लीमा उभाउने काठमाण्डौका हरेक यातयातका
सञ्चालक, कर्मचारी तथा थकालीमा खाना खाने भनि लामो दुरिका गाडीमा चढाउने तर कमिसन
आउने ठाउँमा मात्र खाना खुवाउने सबै यातयातका कर्मचारी भष्ट्रचारी हुन बा ।
बिहे
गर्दिने बाहानामा कालो केटो\केटीलाई गोरो छ, स्नातक पढ्नेलाइ डिग्री पास गरेको भनि झुट्टा कुरा फैलाउने सवै
लमि हरेक
दाम्पतिको भबिष्यका भष्ट्रचारी हुन बा ।
१५००
को चिट काट्न खोज्दा ५०० पैसा दिएर कुरा
मिलाउ भनि १००० बाट जोगिने हरेक गाडी धनि पनि भष्ट्रचारी हुन बा
जोत्न
भनि आउने तर राम्रो सँग नजोत्ने हरेको मजदुर कृषि माथीका भष्ट्रचारी हुन भने ति
मजदुरलाई समयमै ज्याला नदिने सबै मालिक
गरिब माथीका भष्ट्रचारी हुन बा
१०
बजे देखि ५ बजेको समय सम्म आफ्नो काम नगर्ने तर जब ५ बजे पछि काम गर्दिनु पर्यो
भन्दै सोस फोर्स लगाउने तथा आवश्यक कागजात, प्रकिया नपुराई काम गर्न खोज्ने हरेक
जनता, ग्राहक सबै समयका भष्ट्रचारी प्रतिक हुन
बा ।
आफु
कार्यालय प्रमुख भएको अवस्थामा घरको रिस अफिसका कर्मचारीलाई देखाउने तथा अफिस
आफ्नो श्रीमतीको आदेशबाट चलाउन खोज्ने हरेक कार्यालय प्रमुख इज्जत माथी भष्ट्रचारी हुन बा ।
दशैमा
टिका लगाउदा पार्दशिता नगरी गोप्य रुपमा खाम भित्र दक्षिणा दिने हरेक नेपाली
पार्दशिताका भष्ट्रचारी हुन बा ।
शिर्षक
एउटा न्युज अर्कै बनाउने हरेक पत्रकार, युटुबर पनि आश्वसनका भष्ट्रचारी हुन बा ।
त्यसैले
म भन्छ काले भष्ट्रचारी हो गोरे भष्ट्रचारी हो बा भष्ट्रचारी हुन आमा भष्ट्रचारी हुन दाई भष्ट्रचारी हुन भाई भष्ट्रचारी हुन कोही न कोही
केही न केही नामका हामी भष्ट्रचारी हौ ।
हामीमा
ईमान्दारीताको खाचो छ सच्चा देश प्रेमको खाचो छ विश्वासको खाचो छ हामी सबैले
आफुलाई म म भनौ आफु सुध्रिउ अनि अरुलाई सुधार्न लागौ । भष्ट्रचारी एक दिन अवश्य
पनि शुन्यको नजिक हुने आशा गरौ ।
मेरो
नेपाल जय देश
सुनिल घिमिरे
( पुर्ब प्रहरी तथा हाल नेपाल बैक)
